११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया



राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ |

मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको स्रोतले जानकारी दिएको छ।

स्वास्थ्यमा समस्या आएपछि उहाँलाई शनिबार अस्पताल भर्ना गरिएको थियो।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  २ : ४९ बजे