११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

चट्याङ लागेर एकको मृत्यु



असार-०६

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो । उहाँलाई खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो ।

चट्याङ्ग लागेर घाइते हुनुभएका उहाँलाई घर ल्याउने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सारु श्रीमतिसँगै खेतमा काम गर्दै हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ११ : २६ बजे