असार-०७
पूर्व बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश गरेका छन् । वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका उनी अन्ततः रास्वपाको पहिलो बार्षिकोत्सवको दिन नै पारेर पार्टी प्रवेश गरेका हुन् ।
रास्वपाले चर्चित अनुहारहरुलाई पार्टीमा भित्र्याउने अभियानकै रुपमा चिलाउँदै आएको छ । जसअनुसार रास्वपाले चुनावअघि स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएको थियो । रास्वपाकै टिकटबाट स्वर्णिम सांसद समेत उपनिर्वाचनबाट निर्वाचित भएका थिए ।
गत असार ७ गते रास्वपा रवि लामिछानेका नेतृत्वमा स्थापना भएको थियो । जसको आज एक वर्ष पुग्दा रास्वपा चर्चाको केन्द्रमा रहेको छ । रास्वपाले वार्षिकोत्सवको अवसरमा चिपानको कार्यक्रम आयोजना गरेको छ।
प्रतिक्रिया