२ आश्विन २०८१, बुधबार | September 18, 2024

गुल्सनले लिए दोस्रो विकेट



असार-०७

आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको दोस्रो विकेट लिएको छ । गुल्सन झाले वेस्ट इन्डिजका जोन्सन चार्लेसलाई आउट गराए । गल्सनले चार्लेसलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराए ।

वेस्ट इन्डिज नौ रन बनाएर खेल्दैछ । त्यसअघि नेपालका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १ : ३५ बजे