१२ चैत्र २०८१, बुधबार | March 26, 2025

उपप्राध्यापक प्रेम चलाउनेको अनसन आजदेखि स्थगित



असार-०८

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिएको विरोधमा पाँच दिनदेखि अनसनमा बस्दै आएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउने आजदेखि अनसन फिर्ता लिने भएका छन्।

 मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए । सर्वोच्चको आदेशपछि आज दिउँसो १ बजेदेखि अनसन फिर्ता लिन लागेको चलाउनेले बताए ।सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि अनसन फिर्ता लिन लागेका हुन् ।
 जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । त्यसको विरुद्धमा उनी आमरण अनसन बस्दै आएका थिए । मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी सर्वोच्च पुगेका थिए ।

२०७७ असोज २० मा नेविसंघका त्रिवि जिल्ला अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायतको समूहले उनीमाथि आक्रमण गरेको उनको आरोप छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार  ११ : ३९ बजे