असार-०८
सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेखित पुस्तिका उपलब्ध नगराइएको भन्दै नेकपा एमालेले संसद् बैठक अवरुद्ध पारेको छ । बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक उल्लेखित पुस्तिका उपलब्ध नगराइएको भन्दै त्यो पुस्तिका उपलब्ध नभएसम्म बैठक बस्न नदिने अडान लिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल चलिरहेको छ । तर शुक्रबारसम्म सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक समेटिएको पुस्तिका उपलब्ध गराएको छैन ।
प्रतिक्रिया