११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध



असार-०९

कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरीचौकीको करिब पाँच सय मिटर दक्षिणतर्फ आज बिहान पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहानैदेखि पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ ।

त्यस्तै, मकवानपुर जिल्लास्थित त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी सडकखण्डअन्तर्गत कुलेखानी चित्लाङतर्फको यातायात सेवा भने सञ्चालनमा रहेको मकवानपुरका निमित प्रमुख जिल्ला अधिकारी नेतप्रसाद शर्माले बताउनुभयो ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  १० : ४६ बजे