११ आश्विन २०८१, शुक्रबार | September 27, 2024

मेयर बालेन्द्र शाहले अदालतको अवेहलना गरेको आरोप



असार-१०

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवेहलना गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । अधिवक्ता वर्षाकुमारी झाले पेस गरेको निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ ।

अधिवक्ता झाले काठमाडौंका मेयर शाहविरुद्ध पेस गरेको निवेदनमाथि आइतबार न्यायाधीश ढुंगानाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

मेयर शाहले उच्च अदालत पाटनको आदेशविरुद्ध अभिव्यक्ति दिएका थिए । भारतीय चलचित्र ‘आदिपुरुष’ काठमाडौं महानगरपालिकाका चलचित्र हलहरूमा चल्न दिन भनेर उच्च अदालत पाटनले आदेश दिएपछि मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा अदालतविरुद्ध अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै अभिवक्ता झाले सर्वोच्च अदालतमा निवेदन पेस गरेकी हुन् ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  १२ : ३६ बजे