९ आश्विन २०८१, बुधबार | September 25, 2024

बाढीपहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण



आसर-१९

राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनिकरणका लागि काम गर्न सरकार समक्ष माग गर्नुभएको छ ।

सांसद गोपाल भट्टराईले रुपन्देहीमा तिनाउ नदीले खतराको चिन्हपार गरेकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, शारदादेवी भट्ट, बिमला घिमिरे, शेखरकुमार सिंह, सुमित्रा बिसीले मुग्लिन–नारायणगढ सडकको विकल्प खोजिनुपर्नेमा जोड दिनुभयो ।

बाढीपहिरोले सातै प्रदेशमा धेरै क्षति भइसकेको उल्लेख गर्नुहुँदै उहाँहरुले अझै यसमा सरकारले तत्काल ध्यान दिन माग गर्नुभयो ।

सांसद इन्दिरादेवी गौतमले सोमबारको कार्यक्रममा प्रधानमन्त्रीले ‘मलाई प्रधानमन्त्री बनाउन उहाँ धेरैपटक दिल्ली जानुभएको छ’ भनेको विषय सार्वभौम मुलुकका लागि ठीक नभएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गर्नुभयो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : ०१ बजे