९ आश्विन २०८१, बुधबार | September 25, 2024

देश गुलामहरुले नै चलाउँदारहेछन्ः बालेन शाह



काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि नै शंका लागेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत बालेनले दिल्लीको आदेश मान्ने सांसदको बहुमत सरकारमा रहेको बताएका हुन्।

‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लायो, दिल्लीको आदेश मन्ने सांसदको बहुमत रहेछ सरकारमा भारतीय गुलामहरुले देश चलाउँदै छ, र म मात्र बिरोधमारु र म मात्र अदालतको अवहेलनामा सबै जना मरेका लास हुन्?’ उनले लेखेका छ्न्।

प्रधानमन्त्री प्रचण्डले एक सार्वजनिक कार्यक्रममा ‘आफू प्रधानमन्त्री बन्न व्यवसायी प्रीतम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिएसँगै त्यसको आलोचना भइरहेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद नै अवरोध गरेर प्रधानमन्त्रीको राजीनामा मागेको छ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  २ : २१ बजे