४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भारतको सामना गर्दै नेपाल



श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आफ्नो दोस्रो खेल आज भारत ए सँग खेल्नेछ ।

डे नाइटमा खेलाइने यस खेल कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । डे नाइट खेल भएकोले नेपाली टोलीले यस खेलका लागि आइतबार नाइटमा अभ्यास समेत गरेको थियो ।

चार टोली सम्मिलित समूह ‘बी’को अंक तालिकामा नेपाल अहिले तेस्रो स्थानमा छ। यूएई ‘ए’ चौथो स्थानमा रहेको छ। भारत शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छ।

नेपालले समूह चरणको अन्तिम खेल यूएई ‘ए’ विरुद्ध बुधबार खेल्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ७ : ५३ बजे