२ आश्विन २०८१, बुधबार | September 18, 2024

माछा मार्ने जालमा फसेर पानीमा डुब्दा एक जनाको मृत्यु



पाल्पा – पाल्पामा माछा मार्न आफैले थापेको जालमा परेर एक जनाको ज्यान गएको छ । रम्भा गाउँपालिका वडा नम्बर २, फोक्सिङकोटका २६ वर्षीय कोपिल पाडेमगरको ज्यान गएको प्रहरी चौकी हुँगीले जनाएको छ ।

कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा पाडेमगरको घटनास्थलमै ज्यान गएको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  २ : ४१ बजे