२ आश्विन २०८१, बुधबार | September 18, 2024

घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघका अनुसार आज गत साताको शुक्रबारको तुलनामा आज आइतबार मूल्य घटेको जानकारी दिएको हो ।

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार  ११ : १७ बजे