६ आश्विन २०८१, आइतबार | September 22, 2024

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ किनबेच ?



काठमाण्डाै – सुनचाँदीको भाउ आज पनि घटेको छ । गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको छ ।

आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको थियो । हिजो तोलाको एक लाख १२ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै, शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो तोलामा एक हजार चार सय ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ११ : ५१ बजे