८ आश्विन २०८१, मंगलबार | September 25, 2024

चितवनमा माछा मार्ने क्रममा बाघको आक्रमणबाट एकको मृत्यु



पश्चिम चितवनको कोटेनीमा बाघको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई आज दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय आशबहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गर्दा बोटेको घटनास्थलमानै मृत्यु भएको हो ।

बोटेको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार  ४ : ५४ बजे