४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मलेसियन बलरले कायम गरे विश्व कीर्तिमान



मलेसियाका बलर स्याजरुल इजातले पुरुषको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् ।

स्याजरुलले टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलको एकै इनिङ्समा ७ विकेट हात पार्दा केवल ८ रन खर्चिएका हुन् ।आईसीसी २०२४ टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोट ‘बी’ अन्तर्गत चीनविरुद्ध उनले एक्लै ७ विकेट हात पारे ।मलेसियामा भएको खेलमा उनले ४ ओभर बलिङ गर्दा एक मेडन ओभर गरेका थिए ।जसका कारण चीन ११ ओभर २ बलमा २३ रनमै समेटिएको थियो ।

यसअघि १२ खेलाडीले एकै इनिङ्समा ६-६ विकेट हात पारेका थिए । ७ विकेट लिने स्याजरुल पहिलो बलर हुन् ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ११ : ३५ बजे