६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घट्यो



काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै प्रोग्रेसिभ फाइनान्सको शेयर साढे नौ प्रतिशत तथा अभियान लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । बजार राताम्मे भएको दिन आज आईएमई लाइफ इन्सुरेन्स र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत तथा कृषि विकास बैंकको शेयर साढे छ प्रतिशतले बढेको छ ।

आज ८० लाख सात हजार कित्ता शेयर दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानिमा बैंकको १२ करोड ६९ लाख र एभरेस्ट बैंकको १२ करोड २१ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ४७ बजे