८ आश्विन २०८१, मंगलबार | September 24, 2024

संसद् अवरोध खुलाउन बसेको शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष टुंगियो



संसद गतिरोध अन्त्यका लागि सभामुखसहित मुख्य तीन दलका शीर्ष नेता बसेको बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक बसेको थियो।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा सकारात्मक छलफल भएको बताए। उनले बैठक साढे ३ बजे बस्नेगरी सकिएको बताए। ‘संसद गतिरोध अन्त्यका लागि सबै जना सकारात्मक हुनुहुन्छ। बैठक फेरि साढे ३ बजे बस्नेछ,’ उनले भने।

आज १ बजेका लागि बोलाइएको संसद बैठक ४ बजेका लागि सार्ने तयारी भएको उनको भनाइ छ। ‘संसद बैठक ४ बजेका लागि सार्ने तयारी भएको छ। साढे ३ बजेको छलफललगत्तै बैठक बस्ने कुरा भएको छ,’ उनले भने।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै आएको छ। छानबिन समिति नबनेसम्म संसद चल्न नदिने एमालेको अडान छ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ०६ बजे