६ आश्विन २०८१, आइतबार | September 22, 2024

५.१३ अंकले बढ्यो नेप्से, होटलमा लगानीकर्ताको आकर्षण



साताको अन्तिम कारोबार दिन सेयर बजारको परिसूचक नेप्से ५.१३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६६ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम पनि सामान्य बढेको छ । हिजो १ अर्ब ८८ करोडको कारोबार भएकोमा आज २ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।

कुल १०५ कम्पनीको मूल्य बढ्दा १०८ को घट्यो भने ९ को स्थिर रहृयो । बैंकिङ ०.२३, विकास बैंक ११, फाइनान्स ७, जीवन बीमा ९, माइक्रोफाइनान्स ५ अंक घटे । होटल तथा पर्यटन १४८, जलविद्युत् ६, उत्पादन ३३, निर्जीवन बीमा १३५, अन्य ७ र व्यापार उपसमूह ३१ अंक बढे । अभियान लघुवित्तको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, माथिल्लो तामाकोसी, शिवम् सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स र एसटीसी क्रमश अगाडि रहे ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ३ : ५२ बजे