२ आश्विन २०८१, बुधबार | September 18, 2024

प्रहरीले म माथि दुई पटक हातपात गर्‍यो : सांसद सुनिल शर्मा



नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद डा. सुनिल शर्माले प्रहरी आफूमाथि हातपात गरेको बताएका छन् ।

शुक्रबार सरकारी वकिलको कार्यालयबाट बाहिरिने क्रममा सांसद शर्माले प्रहरीले आफूमाथि दुई पटक हातपात गरेको बताएका हुन् । ‘प्रहरीले ममाथि दुई पटक हातपात गरेको छ । के अनुसन्धानका लागि राख्दा हातपात गर्नुपर्ने हो ?,’ उनले भने, ‘हातपात गर्न मिल्ने हो र ?’

कांग्रेस सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार दिउँसो गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको थियो । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा प्रहरीले अहिलेसम्म ८ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान मात्रै सीआईबीको टोलीले काठमाडौंको गोठाटारबाट सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको  थियो ।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा सीआईबीले डा. एलिना साह,  डा. श्रद्धा शिल्पकार, डा. रामबाबु यादव,  डा. अमित चौधरी, डा. रञ्जित यादव र डा. मनित चौधरीलाई पनि पक्राउ गरिसकेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : ३२ बजे