७ आश्विन २०८१, सोमबार | September 23, 2024

खडेरीका कारण २ लाख ५० हजार श्रीलङ्कालीहरू पिउँने पानीको अभावमा



खडेरीका कारण करिब २५०,००० श्रीलङ्कालीहरूले पिउने पानीको अभाव भोगिरहेका छन् । श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले मङ्गलबार यस बारे सार्वजनिक जानकारी गराएको छ । डीएमसीले आफ्नो पछिल्लो प्रतिवेदनमा देशको उत्तरी र पूर्वी प्रान्तहरू खाने पानीको समस्याले सबैभन्दा बढी प्रभावित क्षेत्र भएको बताएको छ।
यसअघि श्रीलङ्काको राष्ट्रिय पानी आपूर्ति र ड्रेनेज बोर्डले शुद्ध पिउने पानी आपूर्ति गर्ने क्षमता ९ प्रतिशतमा झरेकोले जनतालाई पानी कम प्रयोग गर्न आग्रह समेत गरेको थियो।
मौसम विज्ञान विभागले असोजसम्म खासै वर्षा नहुने जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १० : २५ बजे