८ आश्विन २०८१, मंगलबार | September 24, 2024

त्रिशूली नदीमा बस खस्यो, विस्तृत विवरण आउन बाँकी



काठमाण्डौ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको त्रिशुली नदीमा बस खसेको छ ।

काठमाण्डौबाट पोखरा हुँदै जोमसोमको लागि छुटेको बस गजुरी २ छहरा भन्ने ठाउँबाट त्रिशुलीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घाइतेहरुलाई उद्धार गरेर गजुरी अस्पताल लगिएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

अहिले उद्धार टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  १२ : ०७ बजे