६ आश्विन २०८१, आइतबार | September 23, 2024

नेपाल र पाकिस्तानबीच हुने खेलका लागि दर्शक खचाखच हुने



एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेल भोलि पाकिस्तानको मुल्तानमा हुँदैछ । मुल्तान क्रिकेट स्टेडियमको क्षमता ३५ हजार दर्शक हो । आज मध्याह्नसम्मको अवस्था हेर्दा मैदान भरिभराउ हुने देखिएको छ ।

उद्घाटन खेल नेपाल र पाकिस्तानबीच भालि अपाराह्न सवा तीन बजे सुरु हुनेछ । खेलको टिकट बुकिङ जारी छ । आठवाटा स्ट्यान्डमध्ये ४ वटा स्ट्यान्डको टिकट सोल्ड आउट भइसकेको छ । भीआईपी र प्रिमियम सिटहरू मात्र बाँकी छ । अन्य सिटहरू बुकिङ भइसकेका छन् ।

प्रतियोगिता खेल्न नेपाली टिम आइतबार राति मुल्तान पुगिसकेको छ । टिमसँगै २२ अगस्टमा पाकिस्तान जान नभएका स्पीनर सन्दीप लामिछाने सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । आज उनी नेपाली टिमसँग जोडिने छन् ।

कराँचीमा अभ्यास गरेपछि नेपाली टिम २७ अगस्टमा मुल्तान पुगेको हो । मुल्तानको पिच फ्ल्याट मानिन्छ । यो पिचमा रन वर्षा हुने सम्भावना छ । र यो पिचमा स्पीन बलरलाई भन्दा फास्ट बलरलाई फाइदा हुने बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ११ बजे