३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आजदेखि एशिया कप क्रिकेटः पाकिस्तानसंग भिड्दै नेपाल



काठमाडौं– आज बुधवारदेखि प्रारम्भ हुने एशिया कप क्रिकेट २०२३ मा नेपालले विश्व क्रिकेटको शक्तिशाली राष्ट्र पाकिस्तानसंग खेल्दैछ ।

एसिया कपको १६ औँ शृङ्खलामा नेपालले पहिलो पटक पाकिस्तानको सामना गर्न लागेको हो ।

पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र पाकिस्तानको प्रतिस्पर्धा हुन लागेको हो ।

आज दिउँसो ३ः३० बजेदेखि प्रारम्भ हुने यो खेल ३० हजार दर्शक क्षमताको पाकिस्तानको मुल्तान रङ्गशालामा हुनेछ । यो उद्घाटन खेलका प्रायः सबै टिकट बिक्री भइसकेको छ । यही खेलमा नै नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ ।

नेपालले दोस्रो खेल भदौ १८ गते सोमबार भारतसंग खेल्ने छ । नेपाल, पाकिस्तान र भारत एसियाली कपको एउटै समूहमा छन् । अर्को समूहमा परेका बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानसँग भने नेपालले अर्को चरणमा प्रवेश गरे मात्र खेल्न पाउने छ ।

गत वैशाखमा घरेलु मैदान दर्शकको समर्थनमा अपराजित रहेर एसिसी प्रिमियर कपको च्याम्पियन बनेर नेपाल एसिया कपका लागि छनोट भएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ०७ बजे