३० भाद्र २०८१, आइतबार | September 16, 2024

इराकमा तैनाथ नेपाली सैनिकको अदलीबदली



काठमाडौँ, १३ भदौ : इराकमा तैनाथ संयक्त राष्ट्रसङ्घीय मिशनको बाह्रौँ डफ्फामा सहभागी हुन १८ सदस्यीय नेपाली शान्ति सैनिकको टोली आज मिशन इलाकातर्फ प्रस्थान गरेको छ ।

सो मिशनमा हाल तैनाथ एघारौँ डफ्फामा कार्यरत १५ जना शान्ति सैनिक भोलि भदौ १४ गते स्वदेश फिर्ता हुने योजना रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । हाल त्याहाँ ८८ जना नेपाली शान्ति सैनिक तैनाथ छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ७ : ५८ बजे