३ आश्विन २०८१, बिहिबार | September 19, 2024

बहराइनमाथि नेपालको १० विकेटको शानदार जित



आईसीसी महिला टी-२० विश्वकप एशिया छनोट अन्तर्गत शुक्रबार बहराइनसँग भएको खेलमा नेपाल १० विकेटले विजयी भएको छ।

मलेशियाको क्वालालम्पुरमा शुक्रबार भएको खेलमा बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २.५ ओभरै पूरा गरेको हो।

नेपालका लागि प्रारम्भिक ब्याटरद्वय कविता कुँवरले १७ र सीता राना मगरले दुई रन बनाइन्। नेपालले १३ वटा अतिरिक्त रन पाएको हो।

यसअघि ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमै समेटियो। बहराइनका लागि दीपिका रशंगिकाले ११ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

नेपालका लागि इन्दु बर्माले तीन, खुशी डंगोलले दुई, कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले एक–एक विकेट लिए।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १२ : ५६ बजे