२ आश्विन २०८१, बुधबार | September 18, 2024

एकदिवसीय विश्वकपका लागि न्यूजिल्यान्डको टिम घोषणा



काठमाडौँ- भारतमा आयोजना हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकपका लागि न्यूजिल्यान्डले टिमको घोषणा गरेको छ ।

न्यूजिल्यान्डले सोमबार केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

भारतले आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म विश्वकपको आयोजना गर्दैछ ।

विश्वकपको पहिलो खेलमा अक्टोबर ५ मा न्यूजिल्यान्डले इंग्ल्यान्डको सामना गर्ने तालिका रहेको छ ।

न्यूजिल्यान्डको टिम

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १२ : १६ बजे