२ आश्विन २०८१, बुधबार | September 18, 2024

एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङ हृदयघातका कारण राति निधन



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । उनी पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष हुन् ।

बालुवाटारस्थित निवासमै हृदयघात भएपछि राति उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।

राति साढे १ बजे अस्पताल पुर्याइएका नेम्वाङले बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेको भनाई उदृत गर्दै नेपाल प्रेसले समाचार लेखेको छ । एमाले र अन्य पार्टीका नेताहरुले पनि उनको मृत्यु पुष्टि गरेका छन् ।

नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । घट्नापछि राति नै एमालेका नेताहरूशिक्षण अस्पताल पुगेका थिए । एक छोरा अहिले अमेरिकामा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : १२ बजे