३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड



चितवन, २ असोज : नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना एवं संविधान दिवस, २०८० को सन्दर्भमा आयोजित विचार गोष्ठीमा वत्ताले कांग्रेसलाई गुटउपगुटबाट मुक्त गर्नुपर्नेमा जोड दिएका छन् । देशले प्राप्त गरेको सबै उपलब्धिको नेतृत्वकर्ता कांग्रेस संगठित भएर अघि बढ्नु पर्नेमा उहाँहरुको जोड थियो ।     
     
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मीले गुटउपगुट छाडेर कांग्रेसलाई संगठित बनाउनु पर्नेमा जोड दिनुभयो ।     
     
जिल्ला सभापति राजेश्वर खनालले संविधानको रक्षाका लागि कांग्रेस सधैं एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।     
     
कार्यक्रममा स्व. गणेशमान सिंहको जीवनीको बारेमा प्रकाश पार्दै डा ईश्वरी लौडारीले परिवर्तनका संवाहकका रुपमा सिंहलाई लिन सकिने बताउनुभयो । सिंहले लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको पनि उहाँले चर्चा गर्नुभयो ।     
     
पूर्व न्यायाधिश नन्दलाल महतोले समावेशिता नहुँदा आफूजस्ता २८ न्यायाधिशले बीचमै जागिर छोड्नु परेको उल्लेख गर्दै अब आफूले जस्तो अन्याय कसैले भोग्न नपर्ने बताउनुभयो ।     
     
सोही अवसरमा अधिवक्ता उद्धव लोहनीले वर्तमान संविधानले दिएको उपलब्धीका बारेमा चर्चा गर्नुभएको थियो ।     

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  २ : ५० बजे