७ आश्विन २०८१, सोमबार | September 24, 2024

विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा आउन बाध्य हुनु दुर्भाग्यपूर्ण: शेखर कोइराला



नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शिक्षकहरूका मागमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै कोइरालाले शिक्षा विधेयकमा आवश्यक प्रावधान समेटेर आजै टुंग्याउन भनेका छन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रमोर्चामा रहनुभएका शिक्षकहरू आज विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउन बाध्य हुनु दुर्भाग्य हो,’ उनले भनेका छन्, ‘यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार बनोस् र तुरुन्त समस्या समाधान गरोस् ।’

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १ : ३८ बजे