४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सेमिफाइनल पुग्न जित्नै पर्ने दबाबबिच माल्दिभ्ससँग भिड्दै नेपाल



काठमाडौं- साफ यू-१९ फुटबल च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नपालले समुहको दोस्रो तथा अन्तिम खेलमा सोमबार माल्दीभ्सको सामना गर्दैछ। दशरथ रंगशालामा दिउँसो १:३० मा सुरु हुने खेलमा नेपाल जित्नै पर्ने दबाबमा रहेको छ।

सेमिफाइनलमा स्थान बनाउन माल्दिभ्सलाई हराएमात्र नेपाल सफल हुनेछ। नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित भएको थियो। माल्दिभ्सले भने पाकिस्तानसँग १-१ गोलको बराबरी खेल्दै एक अङ्क खोस्न सफल भएको थियो। माल्दिभ्ससँगको बराबरीसँगै पाकिस्तान सेमिफाइनलमा पुग्न सफल भयो।

माल्दिभ्सलाई भने सेमिफाइनल पुग्नका लागि नेपाललाई बराबरीमा रोकेपनि पर्याप्त हुनेछ। पाकिस्तान ४ अंकसहित सेमिफाइनल प्रवेश गर्दा माल्दिभ्सको १ अंकछ। नेपाल अंकविहीन रहेको छ।

समूह बीमा भारत र भुटान सेमिफाइनल प्रवेश गरिसकेका छन्। समूह विजेता बन्न अन्तिम खेलमा ५:३० मा भुटान र भारत भिड्दै छन्।

समूह ‘बी’बाट बंगलादेश भुटानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १२ : ३६ बजे