७ आश्विन २०८१, सोमबार | September 24, 2024

काठमाडौं महानगर र अभियन्ता ‘ई’को टोलीबीच वार्ता शुरू



काठमाडौं महानगरपालिका र अभियन्ता ‘ई’बीचको वार्ता शुरु भएको छ ।

महानगरको वार्ता टोली र अभियन्ता ‘ई’ को तर्फबाट अधिवक्ता सञ्जीव अधिकारी नेतृत्वको टाेलीबीच राष्ट्रिय सभागृहमा छलफल शुरु भएको हो ।

महानगरको वार्ता टोलीमा कानून व्यवसायी ओमप्रकाश अर्यालका साथै मेयर बालेन शाहका स्वकीय सचिवहरू सहभागी छन् ।

फुटपाथ व्यापारीको पक्षमा धर्नामा बसिरहेका अभियन्ता ‘ई’को पक्षमा नेतादेखि व्यापारीहरूले ऐक्यबद्धता जनाइरहेका छन् ।

अभियन्ता ‘ई’ सहितको टोलीले महानगरको कार्यालय रहेको राष्ट्रिय सभागृहको गेटमा गत मंगलवार दिउँसो १ बजेदेखि धर्ना शुरु गरेका थिए ।

उभिएर गरिने विरोध प्रदर्शन शुरुमा ७७ घण्टाका लागि तय भएको थियो । तर माग पूरा गर्न महानगर उदासीन देखिएपछि उनीहरूको धर्ना अहिले पनि जारी छ ।

अभियन्ता ‘ई’सहितको टोलीले आफूहरू महानगरको टोलीसँग वार्तामा बस्न तयार रहेको भए पनि निर्णायक वार्ता मेयर बालेन शाहसँग नै बस्ने अडान राख्दै आएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ३ : ११ बजे