७ आश्विन २०८१, सोमबार | September 24, 2024

दाङमा ९ वर्षीया बालिका बलात्कृत, ४० वर्षीय पुरुष पक्राउ



दाङ– घोराही उपमहानगरपालिकामा ९ वर्षीया बालिकामाथि बलात्कारको घटना सार्वजनिक भएको छ। बलात्कार आरोपमा प्रहरीले १ जना ४० वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

विकले ९ वर्षीया बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

बालिका बलात्कारको घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ३ : ४९ बजे