७ आश्विन २०८१, सोमबार | September 23, 2024

एसियाली खेलकुद: पुरुष क्रिकेटको क्वाटरफाइलनमा नेपालले भारतसँग खेल्ने



काठमाडौं– चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ। सेमिफाइनलका लागि भएको लक्की ड्रमा नेपालको प्रतिस्पर्धी भारत परेको हो।

क्वाटरफाइनलका अन्य खेलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ।

अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका हुन्। अफगानिस्तान भने नखेली गएको हो भने भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै क्वाटरफाइलनमा  स्थान पाएका थिए।

नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई २७३ रनले हराएको थियो। नेपाल र भारतबीचको खेल मंगलबार हुनेछ। नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६:४५ मा हुनेछ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : ०५ बजे