७ आश्विन २०८१, सोमबार | September 23, 2024

जंगलमा झुन्डिएको अवस्थामा एक वृद्धको शव फेला



पोखरा– विगत १८ महिना देखी हराएका एक वृद्धको शव फेला परेको छ । माछापुच्छ्रे– ८ खोराको बस्ने वर्ष ७० वर्षीय बुद्दीबहादुर बिकको शव १८ महिना पछि भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार माछापुच्छ्रे-७ कमेरे पानीस्थित जङ्गलमा रुखमा झुण्डिएको र सडेगलेको अवस्थामा सो शव फेला परेको हो । 

हिजो बिहान ११ः२० बजे स्थानीयले झुन्डिएको अवस्थामा शव देखे पछि धम्पुस प्रहरी चौकीलाई खबर गरेका थिए । धम्पुस प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरबाट गएको अनुसन्धान टोलीले सो शब बरामद गरेको छ ।

मृतकको छोरा हितमान बिकले हिजो साँझ सनाखत गरे पछि उनको पहिचान भएको थियो । प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ११ : ५८ बजे