४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य



हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई  २०३ रनको लक्ष्य दिएको छ।

मंगलबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ र जोड्यो।

नेपाल र भारतबीचको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो।

भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए।

यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे।

भारतका कप्तान रुतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरेका छन्। भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको छ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ८ : २८ बजे