१५ मंसिर २०८२, आइतबार | November 30, 2025

८० लाख रुपैयाँ ठगीमा संलग्न दुई विदेशी काठमाण्डौबाट पक्राउ



काठमाण्डाै – झन्डै ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ परेका छन् ।

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पाकिस्तानको रावलपिन्डी घर भई अहिले ठमेल बस्ने नाजिर मोहम्मद र अजरबैजनका आयसेल हुसेनिललाई पक्राउ गरेकाे कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

पाकिस्तानी र अजरबैजनी नागरिकको साँठगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक, नर्वे, पोल्यान्ड, पोर्चुगललगायतका देशमा पठाइदिने भनी श्रम स्वीकृति लगायतका नक्कली कागजात देखाएर विश्वासमा पारेर ठगी गर्ने योजना बनेको थियो । विदेश पठाउने प्रक्रियाका लागि लाग्ने खर्च प्रतिव्यक्ति एक हजार अमेरिकी डलर लिने गरेको, नक्कली ‘अफर लेटर’, श्रम स्वीकृति, भिसा लगायतका कागजात देखाई रकम पठाउन लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक रेग्मीकाे भनाइ छ ।

नाजिर र आयसेलले ८० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  २ : ३७ बजे