६ आश्विन २०८१, आइतबार | September 22, 2024

सर्लाहीमा जङ्गली हात्तीकाे आक्रमणमा परि एक जनाकाे ज्यान गयाे



सर्लाही – सर्लाहीमा जङ्गली हात्तीकाे आक्रमणमा परि एक जनाकाे ज्यान गएकाे छ ।

 

रामेछाप लिखुतामाकाेशी घर भइ सर्लाहीकाे हरिवन नगरपालिका-७ टाइवान बस्ने १८ वर्षीय शिवप्रसाद दाहालकाे आज बिहान हात्तीकाे आक्रमणबाट ज्यान गएकाे हाे ।

 

जानकीनगरकाे जङ्गलमा बिहान घाँस दाउरा लिन गएकाे बेला उहाँलाई हात्तीले आक्रमण गरेकाे हाे । हात्तीकाे आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनयकुमार साहले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : ३८ बजे