३ आश्विन २०८१, बिहिबार | September 20, 2024

हमासको हमलामा परी घाइते भएका डाँगीको शल्यक्रिया सफल



प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको हमलामा परी घाइते भएका दाङको दंगिशरण गाउँपालिका-३, हेकुलीका प्रवीण डाँगीको शल्यक्रिया सफल भएको छ।

२३ वर्षीय डाँगीले एक भिडिओ मार्फत आफ्नो शल्यक्रिया सफल भएको बताएका हुन्। डाँगीले भिडिओ सन्देश आफन्त र घर परिवारसम्म पुर्‍याइदिन पनि आग्रह गरेका छन्।

डाँगीका बुबा निमबहादुरले यसअघि हिमालखबरलाई आफ्नो छोराका दुवै खुट्टामा गोली लागेर अस्पतालमा उपचार गराइरहेको बताएका थिए।

प्रवीण परिवारका कान्छा छोरा हुन्। सुदूरपश्चिम विश्वविद्यालयको पहिलो कृषिविज्ञ टोली मार्फत ११ महीनाका लागि उनी गत भदौ २३ गते इजरायल गएका थिए।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ४ : ०६ बजे