३ आश्विन २०८१, बिहिबार | September 19, 2024

दसैँ टीकाको शुभ साइत कुन देशमा कति बजे ?



काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिकमा टीकाको शुभ साइत रहेको छ ।

अमेरिकाको न्युयोर्कमा १०:४७ बजे, केन्टुकीमा ११:३१ बजे, टेक्सासमा ११:०३ बजे, वासिङ्गटन डीसीमा १०:५३ बजे र क्यालिफोर्नियामा १०:३१ बजे टीकाको शुभसाइत जुरेको छ ।

क्यानडाको टोरोन्टोमा ११:१७ बजे र भ्यानकुभरमा ११:३५ बजे शुभ साइत रहेको छ ।

यसैगरी भारत, जापान, अस्ट्रेलिया, न्‍युजिल्यान्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, यूएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्‍यानमार र स्विट्जरल्यान्डसहितका देशमा २४ तारिखमा टीकाको शुभ साइत रहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ३९ बजे