४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रास्वपा चितवनका पूर्वसभापति सापकोटा आजपामा प्रवेश



राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्वसभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रभु साहले सापकोटालाई पार्टीमा स्वागत गरे ।

सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आएका थिए । पुरानो पार्टीहरु देश बर्बाद गर्न लागि परेकोले देश बचाउन आम जनता पार्टीको आवश्यकता महसुस गरेर आजपामा प्रवेश गरेको उनले बताए ।

सापकोटाले गत माघमा रास्वपा चितवन जिल्ला सभापतिबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : २२ बजे