३ आश्विन २०८१, बिहिबार | September 19, 2024

शेखर कोइराला नगएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन



काठमाडौँ – शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन भएको छ।


कोशी प्रदेशको मुख्यमन्त्रीको विषयमा छलफल गर्न शुक्रबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो। तर, बैठकमा नेता कोइराला अनुपस्थित रहे।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस एकजुट भएर आए माओवादी केन्द्र पछि हट्न तयार रहेको संकेत गरेपछि सभापति देउवाले बैठक बोलाएका थिए।

सत्ता गठबन्धनको निर्णयअनुसार कोशीमा माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। तर, कोइराला पक्षका प्रदेशसभा सदस्य केदार कार्कीले एमालेको समर्थनमा कांग्रेसका ८ जना प्रदेशसभा सदस्यसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ७ : ५९ बजे