६ आश्विन २०८१, आइतबार | September 22, 2024

प्रधानमन्त्री दाहाल मुस्ताङमा



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै मुस्ताङ गएका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया गर्न उनी मुस्ताङ गएका हुन् ।

प्रधानमन्त्री दाहाल मुस्ताङ आइपुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । यसक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

मंगलबार अचानक बिरामी परेर नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री दाहालको स्वास्थ्य अवस्था अहिले भने ठीक रहेको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ८ : ३७ बजे