३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चितवन उद्योग संघको अध्यक्ष सूर्य प्रसाद न्यौपाने चयन



१ कात्तिक, चितवन । चितवन उद्योग संघको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । संघको ३२ औं वार्षिक साधारण सभा एवम् १७ औं अधिवेशनबाट अध्यक्ष चुनिएका हुन् । सूर्यकिरण फाइबर उद्योगका सञ्चालक न्यौपाने यसअघि संघको बरिष्ठ उपाध्यक्ष थिए ।

संघको उपाध्यक्षहरुमा मदन घिमिरे, गजेन्द्र अधिकारी, तारा बहादुर कार्की, गोपाल प्रसाद गैरे, दिनुप कुमार बराल र परमेश्वर भण्डारी चयन भएका छन् । उपाध्यक्षहरु मध्येबाट आगामी नेतृत्वका लागि एकजना बरिष्ठ उपाध्यक्ष चयन गर्ने र बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने विधानमा व्यवस्था छ ।

अधिवेशनमा निवर्तमान अध्यक्ष रहेका त्रिलोचन कँडेलले संघको वार्षिक प्रतिवेदन समेत पेश गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  १० : ४१ बजे