२ आश्विन २०८१, बुधबार | September 19, 2024

गृहमन्त्री श्रेष्ठलाई हृदयघात, चीनमा उपचार हुँदै



चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । श्रेष्ठलाई बुधबार बेलुका हृदयघात भएको हो ।


उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको सचिवालयले श्रेष्ठलाई हृदयघात भएको र अहिले अस्पतालमा उपचार भइरहेको जनाएको छ । पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत उनको अवस्था खतरामुक्त छ ।

बुधबार दिउँसोदेखि नै स्वास्थ्यमा असहज महसुस गरेका श्रेष्ठलाई बेलुका कोठामा फर्किएपछि छाती दुख्न थालेको थियो । त्यसपछि लगत्तै अस्पताल लगिएकोमा परीक्षणबाट माइल्ड हर्ट अट्याक भएको पत्ता लागेको हो ।

बिआरआईको कार्यक्रममा सहभागी हुन श्रेष्ठ केही दिनअघि त्यसतर्फ गएका थिए । कार्यतालिकाअनुसार उनी शुक्रबार स्वदेश फर्कंने तय थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहिबार  १० : ३८ बजे