७ आश्विन २०८१, सोमबार | September 23, 2024

पत्रकार सम्मेलनमा बेहोस भइन् भारती मानन्धर



रिगल ढकालको आममाफीविरुद्ध अनशनरत भारती मानन्धर कार्यक्रम स्थलमा नै बेहोस भएकी छन् । आज आममाफीको विरुद्धमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भारती कार्यक्रम स्थलमै बेहोस भएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

नेपालगञ्जका चेतनको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रिगलले नवौँ संविधान दिवसको अवसरमा आममाफी पाएका थिए । रिगलको आममाफी विरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ५ : ०८ बजे