१९ मंसिर २०८२, बिहिबार | December 4, 2025

सर्वोच्चको फैसलालगत्तै नेपालगन्जबाट रिगल पक्राउ



प्रहरीले योगराज ढकाल (रिगल) लाई पक्राउ गरेको छ।

सर्वोच्च अदालतले रिगलको कैद मिनाहा बिहीबार बदर गरिदिएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले रिगललाई नेपालगञ्जबाट पक्राउ गरिसकिएको सेतोपाटीलाई जानकारी दिए।

‘सर्वोच्चको आदेशपछि रिगललाई नेपालगञ्जबाट पक्राउ गरिएको हो,’ उनले भने। रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ४ : ५२ बजे