२ आश्विन २०८१, बुधबार | September 18, 2024

सलमान खानको फिल्म ‘टाइगर ३’ मा ऋतिक रोशन पनि देखिने



एजेन्सी । सलमान खानको फिल्म ‘टाइगर ३’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन् । अब फ्यानहरुको प्रतिक्षाको अन्त्य हुन लागेको छ किनकी टाइगर ३ दीपावलीमा रिलिज हुँदैछ ।

सलमान आफ्ना फ्यानहरूका लागि दिपावली उपहार ल्याइरहेका छन् र यस फिल्ममा फ्यानहरूका लागि धेरै रोचक अतिथि कलाकारहरुको इन्ट्री रहेको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्ममा ऋतिक रोशन पनि देखिनेछन् ।

फिल्मको रिलिज मिति नजिकिँदै गर्दा टाइगर ३ का निर्माताले अब यो फिल्ममा सलमान खानसँगै ऋतिक रोशन पनि देखिने घोषणा गरेका छन् ।

यो घोषणापछि अब ऋतिक रोशनका फ्यानहरु पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ३३ बजे