३ आश्विन २०८१, बिहिबार | September 19, 2024

राष्ट्रपतिको एक महिनाको तलब भूकम्पपीडितलाई



राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको तलब भूकम्पपीडितलाई उपलब्ध गराउने भएका छन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार आफ्नो एक महिनाको तलबबराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने भएका हुन् ।

राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । उनले २२ कात्तिकदेखि तय भएको युरोप भ्रमण भूकम्पका कारण स्थगित गरेका थिए । त्यस्तै, बुधबार राष्ट्रपति पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई शीतलनिवासमा बोलाएर भूकम्पबाट भएका घाइतेहरूको प्रभावकारी उपचार मिलाउन सुझाएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : ४१ बजे