६ आश्विन २०८१, आइतबार | September 23, 2024

दिल्लीमा उच्च वायु प्रदूषण: पानी परेपछि हल्का राहत, अझै दुई दिन कृतिम वर्षा गराउने तयारी



उच्च वायु प्रदूषणको सामना गरिरहेको दिल्लीमा वर्षा भएपछि राहत मिलेको छ । गएराति भएको वर्षाले दिल्लीमा प्रदूषणबाट केही राहत मिलेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार दिल्लीमा रातभर पानी परेको थियो । रातभर पानी परेपछि प्रदूषण निकै घटेको छ ।

यसअघि दिल्ली सरकारले कृतिम वर्षा गराउने योजना बनाएको थियो । अझै दुई दिन दिल्लीमा कृतिम वर्षा गराउने तयारी छ ।

दिल्लीका वातावरण मन्त्री गोपाल रायले नोभेम्बर २० र २१ तारिक दिल्लीमा कृतिम वर्षा गराउने तयारी रहेको बताए ।

प्रदूषण उच्च भएपछि दिल्लीमा विद्यालय बन्द गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : २४ बजे